
हृदयराम गुप्ता
मर्चवार,३ असोज । संविधान दिवसको अवसरमा रुपन्देहीको कोटहीमाई गाउँपालिकामा आयोजिता वक्तृत्वकला प्रतियोगितामा श्री बोगडी माध्यमिक विद्यालयका अरुन यादव प्रथम भएका छन्।
पालिकाले दिवसको अवसरमा सामुदायिक विद्यालयका माध्यमिक स्तरबाट अन्तर विद्यालय स्तरीय प्रतियोगिता आयोेजना गरेको थियो। ‘संविधान र समावेशिता’ विषयक भएको उक्त प्रतियोगतामा सहभागी पालिका भित्रका ७ वटा विद्यालयबाट १४ जना विद्यार्थीहरु मध्ये १३ जनालाई पछि पार्दै कक्षा ९ मा अध्यनरत यादवले प्रथम भएको प्रतियोगिता मुल्यांकन समिति संयोजक जगदिश्वर यादवले बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार उक्त प्रतियोगितामा श्री लालविहारी माध्यमिक विद्यालयको छात्रा रिया कुमारी नाउ दित्तीय, श्री बोगडी माध्यमिक विद्यालयको छात्रा लक्ष्मी प्रजापति तृतीय र श्री मर्यादपुर माध्यमिक विद्यालयका छात्र नारायण यादव सान्तनवा भएका छन् ।
बिजेताहरुलाई पुरस्कार वितारण गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले प्रतियोगिताले विद्यार्थी सकारात्मक क्षमताको विकास हुनुको साथै सामाजिक ज्ञान पनि दिने गरेको बताए। उनले भने ‘प्रतियोगितामा बिजेता भएका विद्यार्थीहरु उत्कृष्ट रहेका छन् । यस प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरु अगाडी बढने अवसरको रुपमा लिनु पर्दछ । सहभागी भएका सम्पूर्ण विद्यार्थीहरु निरन्तर सकारात्मक प्रयास जारी राख्नुपर्ने छ ।’
विद्यालय स्तरमै शैक्षिक सकारात्मक प्रतिस्पर्धाको भावना हुनु पर्ने अध्यक्ष त्रिपाठीले बताए । बिजेता विद्यार्थी तथा विद्यालयलाई प्रमाण पत्र वितरण गर्दै बिजेता विद्यार्थीहरुलाई बधाई साथै सहभागी सबैलाई धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा कोटहीमाई गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड, गाउँपालिका उपाध्यक्ष शसिला कुमारी यादव, कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनी लगायतकाले मनतब्य राखेका थिए । कार्यक्रम गाउँपलिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता र वास संयोजक अजय सिंह क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

