
भैरहवा,६असोज। रुपन्देही प्रहरीले जबरजस्ती करणीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। जसमध्ये चार जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टका अनुसार पक्राउ पर्नेमा भारत महाराजगञ्जका ३७ वर्षीय अफरोज समी, २७ वर्षीय सालु खान, ३१ वर्षीय अत्तर खान र गोरखपुरका २७ वर्षी बब्लु खान, रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षिय साहरुख तेली र २५ वर्षिय अकबर खान रहेका छन् ।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेका युवाहरुले गत असोज ३ गते जबरजस्ती करणी गरेको पीडित युवतीको आरोप छ। जाहेरी अनुसार युवकहरुलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी भट्टले बताए । पीडित युवती भारतीय नागरिक हुन्।

