
भैरहवा,७असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रतितोला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी तोलाको मूल्य भने स्थिर रहेको छ।
Advertisement

Advertisement
Advertisement

सोमबार चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला चाँदी सोही रकममा खरिदबिक्री भएको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

