
काठमाडौ,८असोज। त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिको बैठकले त्रिविको परीक्षामा एआई प्रयोग गरिएको पाइएमा परीक्षा रद्द हुने निर्णय गरेको हो।
यसैगरी वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले एक पटक मौका परीक्षाको अवसर दिने निर्णय भएको छ ।
Advertisement

Advertisement
Advertisement

समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

