
काठमाडौं,८असोज। नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रमुखहरुलाई चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
मंगलबारे राईले भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा छलफल गर्दै चाडपर्वको क्रममा आपराधिक क्रियाकलापका घटना नहुन दिनका लागि प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए।
Advertisement

Advertisement
Advertisement

उनले चाडपर्वमा अपराधिक क्रियाकलाप हुने भएकोले अपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए ।
चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला पक्षहरूसँग समन्वय र सहकार्य गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै तस्करी नियन्त्रणको लागि थप सक्रियता बढाउन उनले निर्देशन दिए।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई अपराध नियन्त्रण एवं प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिएका थिए ।

