
काठमाडौं,९ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता भएको छ। चीनको राजधानी बेइजिङमा भएको भेटवार्तामा दुई देशकोे हित र सहयोगबारे छलफल भएको बताइएको छ।
भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताए । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
Advertisement

Advertisement
Advertisement

उपप्रधानमन्त्री पौडेलले चीनका विभिन्न शहरबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न आग्रह गरे ।
भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरु अघि बढाउने प्रतिवद्धता व्यक्त भएको जानकारी दिए ।

