Close Menu
    What's Hot

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    २०८३ आश्विन २३, शुक्रबार १७:०५ गते

    रुपन्देही र परासीबाट तस्करी : डण्डा चलाउँदै डिआइजीको टोली

    २०८३ आश्विन २२, बिहीबार १४:३६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    क्लिक लुम्बिनी२०८३ आश्विन २५, आईतवार १३:२० गते0
    अर्थ

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १७:०५ गते0
    मेन स्टोरी

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १३:१९ गते0
    विशेष

    रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना : १२१५ प्रहरी परिचालन

    क्लिक लुम्बिनी२०८३ आश्विन २३, शुक्रबार १२:५८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिइने
    अर्थ

    लुम्बिनी प्रदेशमा घरेलु कार्यालयबाटै यातायात सेवा दिइने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र २५, बिहीबार १६:०३ गते
    advertisement
    advertisement
    advertisement

    दाङ, २५ भदौ। लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ।

    यातायात सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रुपमा प्रयोग गरी सेवा दिने निर्णय कार्यान्वयनमा आउन लागेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयको बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले यातायात सेवा नपुगेका जिल्लामा घरेलु कार्यालयमार्फत सेवा सञ्चालन गर्ने निर्णय छिट्टै कार्यान्वयनमा आउने जानकारी दिए।

    सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउन यातायातसम्बन्धी अधिकार विस्तार गर्न लागिएको बताए। उनले यातायात सेवा सञ्चालन भइरहेका स्थानमा हालकै व्यवस्था यथावत रहने र सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रुपमा प्रयोग गरी सेवा प्रवाह गरिने स्पष्ट पारे। यसका लागि आवश्यक तयारीका साथ अघि बढ्न सम्बन्धित निकायलाई उनले निर्देशन दिए।

    मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रको काममा ढिलाइ नगर्न र कर्मचारीले जिम्मेवार तथा पारदर्शी भएर काम गर्न निर्देशन दिए। सेवाग्राहीलाई अनावश्यक रुपमा कुराउने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै उनले एक घण्टाभित्र सम्पन्न गर्न सकिने काम एक घण्टाभित्रै गरिदिन कर्मचारीलाई निर्देशन दिए।

    सरकारले आगामी असोजदेखि १२ जिल्लाबाट सवारी पटके सेवा सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए। बाँकी ६ जिल्लामा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणलगायतका अधिकार पनि क्रमशः प्रत्यायोजन गर्दै जाने सरकारको तयारी रहेको उनले बताए।

    यातायात क्षेत्र प्रदेश सरकारको एकल अधिकारअन्तर्गत राजस्व संकलन हुने महत्वपूर्ण क्षेत्र भएकाले यसमा पारदर्शीता र जवाफदेहीता कायम गर्नुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो । यातायातसम्बन्धी कामकारवाहीमा कसैले प्रश्न उठाउने अवस्था आउन नदिन कर्मचारीले अनुशासनमा रहेर कानूनको पूर्ण पालना गर्नुपर्ने उनले बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    घरेलु तथा साना उद्योग कार्यालय यातायात सेवा लुम्बिनी प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार

    २०८३ आश्विन २५, आईतवार १३:२० गते

    २२ किलो सुन बरामद : तस्करीका लागि भाडामा घर, वीच्याटबाट निर्देशन

    २०८३ आश्विन २३, शुक्रबार १७:०५ गते

    दसैं नआउँदै तिहारका लागि पटाका तस्करी : ९ बोरा बरामद

    २०८३ आश्विन २३, शुक्रबार १३:१९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.