


भैरहवा,२५ भदौ। जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशले समितिका कोषाध्यक्ष बच्छुलाल केवट र सदस्य राजकुमार लोधलाई कारवाही गरेको छ।
पार्टीको नीति, सिद्धान्त, निर्णय र विधानविपरीत गतिविधिमा संलग्न भएको तथा पार्टीको हित र अनुशासनविपरीत कार्य गरेको आरोपमा उनीहरुमाथि कारबाही गरिएको जसपा नेपाल लुम्बिनी प्रदेशले जनाएको छ। अन्य राजनीतिक दलको प्रचारप्रसारमा समेत सक्रिय रहेको पार्टीको दावी छ।

जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादवका अनुसार विधान तथा प्रचलित नियमबमोजिम दुवैजनालाई भदौ २४ गतेदेखि लागू हुने गरी पार्टीको सदस्यता र सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको हो।

