
अर्घाखाँची,९असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्य गृह जिल्ला अर्घाखाँचीलाई एमालेको बलियो राजनीतिक शक्ति बनाउने भूमिकामा छन् । बुधबार एकै दिन विभिन्न पार्टीमा रहेका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतृत्वहरुलाई एमालेमा समाहित गर्न सफल भएका छन् ।
पार्टीमा प्रवेश गराउदै मुख्यमन्त्री आचार्यले एमाले बलियो राजनीतिक शक्तिको रुपमा उदाउने, अर्घाखाँची, लुम्बिनी मात्रै नभएर सिंगो देशको नेतृत्व एमालेले गर्ने अवस्थामा पुर्याउने उद्घोष गरे ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नेकपा माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री, प्रदेश सदस्य तथा भुमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, जिल्ला सचिवालय सदस्य देवबहादुर विक, राष्ट्रिय जनमोर्चा युवक संघका पूर्व केन्द्रीय उपाध्यक्ष जिल्ला सचिवालय सदस्य कविराम खनाल, देउराली यातायात समितका अध्यक्ष गोविन्द्र बन्जाडेसहित १ सय ७३ जना माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेस परित्याग गरी एमालेमा समाहित भएका हुन् ।
मुख्यमन्त्री आचार्यले कम्युनिस्टको केन्द्र एमाले भएको उल्लेख गर्दै अलमलमा रहेका सबैलाई एमालेमा समाहित हुन आह्वान गरे । जिल्लाको विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै संघ र प्रदेशमा शतप्रतिशत जीत निकालेको स्मरण गर्दै आगामी निवार्चनमा पनि शतप्रतिशत जीत निकाल्न यो प्रवेश महत्वपूर्ण रहेको बताए ।
एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज बोमबहादुर विक, जिल्ला अध्यक्ष पिताम्बर भुसाल, उपाध्यक्ष शम्भु पोख्रेल, सचिव तोजबहादुर रायमाझीले मन्तव्य राख्दै पार्टी समाहित हुने सबैलाई उचित जिम्मेवारी प्रदान गरिने प्रतिवद्वता व्यक्त गरे ।

