
काठमाडौं,११ असोज। निरन्तर वर्षका कारण लेदोसहितको पहिरो खसेपछि नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ यात्रुहरु अलपत्र परेका छन् ।
लेदोसहित पहिरो खसेको कारण पन्छाउन कठिन भएपछि स्थानीय निकाय र सडक विभागसंग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

सरकारले वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११ र १२ गते हिमाली र पहाडी क्षेत्रमा रात्रि बस नचलाउनका लागि सूचना जारी गरेर अग्राह गरेको छ। देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहेको छ।

