
काठमाडौं,११असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीले असोज १३ गते केन्द्रीय समितिको बैठक बोलाएको हो ।
बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको उपनिर्वाचनको विषयमा छलफल हुने बताइएको छ। साथै, बैठकमा उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेको चीन भ्रमणको रिपोर्टिङ, सम्पन्न प्रथम राष्ट्रिय भेलाको समीक्षा तथा महाधिवेशनको विषयमा समेत छलफल हुनेछ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

