
धनकुटा,१२असोज। पहिरोले घर पुरिदा पाख्रिवास नगरपालिका-५ गुरासे देवीथानमा आमाछोरीको मृत्यु भएको छ । मुत्यु हुनेमा ५० बर्षिय रामकुमारी तामाङ र ३५ वर्षिय आशा तामाङ छन् । रामकुमारी आमा र आशा छोरी हुन् ।
बिहान करिब साढे तीन बजे ढुंगा माटो र काठपातले वनेको एक तले घरमा माथिबाट पहिरो खस्ने क्रममा उक्त घरभित्रमा राखेको सामान निकाल्न जाँदा आमाछोरीको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

शवको पोस्टमार्टमाका पौसटमार्टनका लागि जिल्ला अस्पताल धनकुटामा ल्याएको छ । त्यसैगरी अविरल रुपमा परिरहेको वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुगेको प्रहरीले जनाएको छ । छथरजोरपाटी गाउँपालिका-६ सिँधुवामा पहिराले गाइवस्तु राख्ने गोठ पुरिँदा दर्जनभन्दा वढी पशुचौपाय पुरिएको स्थानीय अर्जुन घिमिरेले बताए ।

