
चितवन,१२असोज। निरन्तर वर्षाको कारण नारायणघाट-मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेको छ । जसकारण कारण सडक अवरुद्ध भएको छ। सवारीसाधनको आवगमन रोकिन पुगेको छ।
पहिरो खसेर नौ किलोमा सडक दुई फिट भासिएको छ । सडक भासिदा जुगेडीबाट मुग्लिनतर्फ जाँदै गरेको प्र ३–०१–०२४ च ३०५६ नम्बरको बलेरो जिप फसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै पृथ्वी राजमार्गमा पर्ने इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेको छ । दुई वटा स्काभेटरले पन्छाउन थालेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । इच्छाकामना–३ मौवाखोला, पानीधारा र दतिखोलामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

