
भैरहवा, १२असोज। निरन्तर वर्षाको आएको बाढी, पहिरो र चट्याङका कारण देशभर मृत्यु हुनेको संख्या ६६ पुगेको नेपाल प्रहरीले जनाएको छ । यस्तै ६९ जना बेपत्ता भएका छन् ।
नेपाल प्रहरीले साँझ साढे ७ बजेसम्मको सार्वजनिक गरेको तथ्यांक अनुसार अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेर ६० जना घाइते भएका छन् । त्यस्तै तीन हजार भन्दा बढी नागरिकको उद्दार गरिएको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले गर्दा सडक अवरुद्ध रहेकोले लामो यात्रामा निस्किनुअघि प्रहरी कार्यालयमा सम्पर्क गर्नका लागि प्रहरीले अनुरोध गरेको छ।

