


काठमाडौं,१६असोज। अविरल वर्षाले आएको बाढी पहिरो प्रभावितका लागि नेकपा एकीकृत समाजवादीले सांसदहरूले १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ।
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र सांसदहरूका तर्फबाट उक्त सहयोग गर्ने निर्णय गरेको बताए।

नेकपा एकीकृत समाजवादीका प्रतिनिधिमा सभामा दश र राष्ट्रियसभामा आठ गरी १८ जना सांसद रहेका छन् ।
कमेन्ट गर्नुस्

