


भैरहवा,१६असोज। सन् २०२६ अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि बधुवार (आज) रातीदेखि आवेदन खुल्ने भएको छ।
नेपाली समय अनुसार असोज १६ गते राति ९ः४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपालस्थित दूतावासको सूचनामा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन आग्रह गरिएको छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासले जनाएको छ।
यो कार्तिक २० मा नेपालमा स्थानीय समय अनुसार १०ः४५ बजेमा बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डिभी कार्यक्रममार्फत विश्वका विभिन्न देशबाट ५० हजार आप्रवासी भित्र्याउने गरेको छ।

