
कपिलवस्तु, १७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधारका लागि सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग सहकार्य गर्ने बताएका छन्।
कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरको उद्घाटन गर्दै नागरिकलाई निरोगी बनाउनका लागि स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्ने बताएका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘नीतिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्न तयार छ’उनले भने,‘समुदायलाई निरोगी बनाउनु छ, नसर्ने रोगको समस्या बढ्दो छ। निरोगी बन्न हाम्रो जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ ।’
स्वास्थ्य जनचेतना अभिवृद्धि गर्दै उपचारात्मक सेवालाई पनि प्रभावकारी बनाउँदै लगिने उनले बताए । लुम्बिनी प्रदेशभित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि सामुदायसँग सहकार्य गर्नुपर्ने, त्यसका लागि प्रदेश सरकार तयार रहेको उनले स्पष्ट पारे ।
लुम्बिनी प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको लागि लगानी बढाएको, देशकै ठूलो अस्पताल निर्माणको काम सुरु भएको जानकारी दिदै निरोगी प्रदेशबासी बनाउने अभियानमा सरकार रहेको बताए ।

