
भैरहवा,१८असोज। चाडपर्वको अवसरमा भैरहवाका व्यावसायिक प्रतिष्ठानहरुमा साम्रगी खरिदमा छुट सहितसुविधा उपलब्ध गराउन थालिएको छ। पर्व नजिकिएसँगै चेम्बर अफ कमर्श, (उद्योग व्यापार संगठन) रुपन्देही को पहलमा भैरहवाका आठ वटा पसलहरुमा ‘दसैं विशेष छुट अफर’ सुविधा उपलब्ध गराउन थालिएको हो।
दसैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा बिहिबारदेखि उपभोक्तालाई विभिन्न छुट सुविधा उपलब्ध गराउनका लागि उक्त अफर सुरु भएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
Advertisement

Advertisement
Advertisement

‘मुलुकको अर्थतन्त्र सकंटमा छ। उपभोक्ताको क्रय शक्ति पनि घट्दो अवस्थामा छ । दुई–चारवटा घरमा मात्र दसैं आएर हुँदैन । सबैको घरमा दसैं आउनुपर्छ’, उनले भने, ‘उपभोक्ताहरुलाई सुविधा दिने उद्देश्यका साथ चाडपर्वमा सुपथ मूल्यमा सामान उपलब्ध गराउने प्रयासस्वरुप यो कार्यक्रम सञ्चालन गरिएको हो।’ उपभोक्ताहरुलाई स्वदेशमै बजार गर्न प्रेरित गर्न उद्देश्यले पनि उक्त अफर संचालन गरिएको उनको भनाई छ।
संगठनका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सचिन रोक्काले विगतका वर्षझैं यस वर्ष पनि चाडपर्वको अवसरमा ८ वटा पसलमा दशै विशेष छुट अफर सुविधा रहेको बताए ।
उनका अनुसार प्राइम इलेक्ट्रोनिक ट्रेडिङ सेन्टर, बुद्धचोक, शुभ कामाख्या इन्टरप्राइजेज नारायणपथ, नर्थ टेक्नोलोजी सिद्धार्थनगर-१२, कालिका स्टोर्स दिव्य पथ, गौतम ट्रेड सप्लायर्स बैंकरोड, साहु बस्त्रालय बैंकरोड, पवि यूनिसेक्स सैलुन एण्ड एकेडेमी तीनतारा पथ र न्यू श्रेष्ठ गिफ्ट सप लेडिज एण्ड बेबी सप मैत्रीपथमा छुट सुविधा रहेको छ।
संगठनका वाणिज्य उपाध्यक्ष राम मिलन यादवले उक्त सुविधाले उपभोक्ताहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । संगठनकी महासचिव लक्ष्मी अधिकारीले उक्त सुविधालाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन् ।
उक्त अवसरमा संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, वाणिज्य उपाध्यक्ष राम मिलन यादव, महासचिव लक्ष्मी अधिकारी, सचिव एवं प्रवक्ता कृष्ण प्रसाद पाण्डे, कार्यसमिति सदस्य गोविन्द सापकोटा जैसी लगायतको उपस्थिति रहेको थियो ।

