


भैरहवा,१८असोज । यात्रुहरुबाट बढी भाडा लिने सवारी साधनका चालक र सह-चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँबाट पोखरा, तनहुँ र लमजुङ जान लागेको हाइस गाडीमा यात्रुहरुबाट बढी भाडा लिइएपछि तीन जना चालक र तीन जना सह-चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रूहरुले उजुरी गरेपछि पक्राउ गरिएको हो। काठमाडौं-पोखराको भाडा ७५० रुपैयाँ तोकिएकोमा उनीहरुले एक हजार पाँच सय रुपैयाँसम्म लिएका थिए।
कमेन्ट गर्नुस्

