
काठमाडौं,२४असोज। नेकपा एमालेले कीर्तिपुरको मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।
बल्खुको भवन भुकम्पले भत्काएपछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थान्तरण हुदैँ आएको पार्टी कार्यालय अब कीर्तिपुरमा १२ रोपनी जग्गामा निर्माण हुने भएको हो ।
Advertisement

Advertisement
Advertisement

बिहिवार बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो । शुक्रबार पार्टी अध्यक्ष केपी ओलीले भवनको शिलान्यास गर्ने एमालेले जनाएको छ ।
च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक मनोहराको पानी पसे पछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको हो ।

