
दाङ,२६ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
विजयादशमीको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले प्रदेशको समृद्धि, विकास, सुशासनको चाहना पुरा गर्ने अभियानमा आफ्नो भूमिकाहरु अगाडि बढाइरहेको बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘नागरिकहरुमा आशा, भरोसा र भविष्य प्रतिको विश्वास जगाउन हर प्रयास गरेका छौँ’, शुभकामना सन्देशमा भनिएको छ,‘आफ्नो देशको माटोप्रति प्रेम, नेतृत्वप्रति विश्वास र भविष्यप्रति ढुक्कको वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व हो । यो दायित्व निभाउन प्रदेश सरकार प्रतिबद्ध छ ।’
यस्तै मुख्यमन्त्री आचार्यले नेपाली मौलिक सांस्कृतिक पर्वहरुले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको स्मरण गर्दै यसप्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्दै आएको बताए।
‘यस पर्वले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानता सहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास लिएको छु’ जारी सन्देशमा भनिएको छ, ‘विजयादशमी पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकको रुपमा मनाइने विशेष महत्वको चाड हो ।’

