
बुटवल,३० असोज। रुपन्देहीको जीतगढी सराय व्यवस्थापन समिति बुटवल-१३ ले दसैंको पूर्णिमाका दिन सराय नाच प्रदर्शन गर्ने भएको छ ।
विगतका वर्षहरुमा जस्तै असोज ३० गते पूर्णिमामा सराय नाच देखाउन लागिएको समितिले जनाएको छ । समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक लोपोन्मुख सराय नाच संरक्षणका लागि सराय नाच प्रदर्शन गर्न लागिएको बताए ।
Advertisement

Advertisement
Advertisement

०७० सालदेखिदेखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाईं सरेर बुटवल आएकाहरुको पहलमा सराय नाच राखिएको अध्यक्ष थापाले बताए । सराय नाच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको छ । सराय नाचमा नेपाली सेनाको एक टुकडीले विशेष प्रदर्शन समेत गर्नेछ ।
समितिका सचिव पिताम्बर भण्डारीले दिउँसो १ बजेदेखि सुरु भएर ५ बजे सराय नाच देखाइने बताए ।तरबार नचाएर युद्धकसौलता प्रदर्शन गरी एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लामा लोकप्रिय छ ।

