


सुर्खेत, १ कार्तिक। कर्णाली प्रदेश सरकारले असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) अवसरमा आज (बिहिवार) सार्वजनिक बिदा दिएको छ। यस वर्ष असोज ३० र कात्तिक १ गते दुई दिन पूर्णिमा परेको छ ।
कर्णाली प्रदेश सरकारको बैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कोजाग्रत पूर्णिमा प्रदेशभर बिदा दिने निर्णय गरेको थियो। जसअनुसार बिहिवार प्रदेशमा बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुस्

