


भैरहवा,१ कार्तिक। बुद्ध एयरको माउन्टेन फ्लाइटमा गएको जहाजमा प्राविधिक समस्या देखिएको छ।
बिहीबार बिहानको उडान नम्बर १०० बाट उडान गरेको नाइन एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरी काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरले यस बारेमा जानकारी दिँदै भनेको छ-‘आज बिहान उडान नम्बर १०० नाइन एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरी काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको छ।’

