
भैरहवा, २ कार्तिक। नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रका खेलाडीको सहभागितामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बीपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ।
नेक्सस क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा भारतीय क्लब लाईफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई ९ विकेटले पराजित गरेको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

टस हारेर ब्याटिङ्गको निम्तो पाएको पाकिस्तानको जावेद इन्टरनेशनल स्पोर्ट्स एकेडमी १८ दशमलव १ ओभरमै समेटिन पुग्यो। उक्त ओभरमा पाकिस्तानले ८९ रन मात्र बनाउन सक्यो। जसका लागि ३१ बलको सहयोगमा ४ छक्का र ३ चौकासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै अर्का खेलाडी अलि हुसेनले २५ रन बनाउदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङ्ग तर्फ भारतका रोहित डाङ्गवलले ४ ओभरमा १९ रन खर्चिदै पाकिस्तानको ४ महत्वपूर्ण विकेट लिए । भारतकै योगेश कुमार र सक्षमले समान ३र३ विकेट लिए।
९० रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको भारतको लाईफ केयर क्रिकेट क्लबले ७ दशमलव ५ ओभरमा १ विकेट गुमाउदै विजयी हुन सफल भयो। जसका लागि दिपक पुनियाले २५ बलको सहयोगमा ६ छक्का र ६ चौका प्रहार गर्दै ६४ रन योगदान दिए। त्यस्तै दिपांशु फोरे र राजेश शर्माले नटआउट क्रमशः २१ रन र २ रन बनाए । पाकिस्तानको लागि एक मात्र विकेट खेलाडी ईमरान नाजिरले लिन सपल भए।
आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरतबहादुर शाहीले नेपाली क्रिकेटको विकासमा र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रतियोगितामा भारतबाट लाइफ केयर क्रीकेट क्लब, पाकिस्तानबाट टाइगर्स इन्टरनेशनल स्पोर्ट्स, बांग्लादेशबाट गुलाज वरियर्स, नेपालबाट नेक्सस रुपन्देही-११ र श्रीलंकाबाट श्रीलंका स्टेट सर्विसेज क्रिकेट एसोसिएसनको टिम सहभागीता रहेको छ।
प्रतियोगितामा बिजेता टिमलाई ५ लाख र उप बिजेता टिमलाई ३ लाख रुपैयाँको पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ। प्रतियोगिता कार्तिक १० गते सम्म चल्ने छ ।

