Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा बीपी कोइराला स्मृति कप सुरु, उद्घाटन खेलमा भारत बिजयी
    खेलकुद

    भैरहवामा बीपी कोइराला स्मृति कप सुरु, उद्घाटन खेलमा भारत बिजयी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक ३, शनिबार २०:०० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २ कार्तिक। नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रका खेलाडीको सहभागितामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बीपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ।

    नेक्सस क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा भारतीय क्लब लाईफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई ९ विकेटले पराजित गरेको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    टस हारेर ब्याटिङ्गको निम्तो पाएको पाकिस्तानको जावेद इन्टरनेशनल स्पोर्ट्स एकेडमी १८ दशमलव १ ओभरमै समेटिन पुग्यो। उक्त ओभरमा पाकिस्तानले ८९ रन मात्र बनाउन सक्यो। जसका लागि ३१ बलको सहयोगमा ४ छक्का र ३ चौकासहित सर्वाधिक ४६ रन बनाए । त्यस्तै अर्का खेलाडी अलि हुसेनले २५ रन बनाउदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

    बलिङ्ग तर्फ भारतका रोहित डाङ्गवलले ४ ओभरमा १९ रन खर्चिदै पाकिस्तानको ४ महत्वपूर्ण विकेट लिए । भारतकै योगेश कुमार र सक्षमले समान ३र३ विकेट लिए।

    ९० रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको भारतको लाईफ केयर क्रिकेट क्लबले ७ दशमलव ५ ओभरमा १ विकेट गुमाउदै विजयी हुन सफल भयो। जसका लागि दिपक पुनियाले २५ बलको सहयोगमा ६ छक्का र ६ चौका प्रहार गर्दै ६४ रन योगदान दिए। त्यस्तै दिपांशु फोरे र राजेश शर्माले नटआउट क्रमशः २१ रन र २ रन बनाए । पाकिस्तानको लागि एक मात्र विकेट खेलाडी ईमरान नाजिरले लिन सपल भए।

    आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरतबहादुर शाहीले नेपाली क्रिकेटको विकासमा र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको बताए ।

    प्रतियोगितामा भारतबाट लाइफ केयर क्रीकेट क्लब, पाकिस्तानबाट टाइगर्स इन्टरनेशनल स्पोर्ट्स, बांग्लादेशबाट गुलाज वरियर्स, नेपालबाट नेक्सस रुपन्देही-११ र श्रीलंकाबाट श्रीलंका स्टेट सर्विसेज क्रिकेट एसोसिएसनको टिम सहभागीता रहेको छ।

    प्रतियोगितामा बिजेता टिमलाई ५ लाख र उप बिजेता टिमलाई ३ लाख रुपैयाँको पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ। प्रतियोगिता कार्तिक १० गते सम्म चल्ने छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट नेक्सस क्रिकेट एकेडेमी भैरहवा सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.