
भैरहवा, ४ कार्तिक। नेपालको बजारमा आईतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।
Advertisement

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा मूल्य बढ्दै गइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आइतबार प्रतितोला चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मध्यपूर्व र रुस युक्रेन युद्ध, अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बढोत्तरी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २७२१ अमेरिकी डलर छ ।

