Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो
    खेलकुद

    वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक ७, बुधबार १९:२० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,७कार्तिक। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

    बुधबारको पहिलो खेलमा अली हुसेनको सम्हालिएको ब्याटिङ र समोनको उत्कृष्ट बलिङमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ । जावेद गोहारले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ४७ रनले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    पाकिस्तानसँग पराजित भएसँगै श्रीलंकन टिम भने प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो खेलमा दुई खेलाडीको अर्धशतकको मद्दतमा भारतको लाइफ केयर क्रिकेट क्लबले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ६३ रनको सहज जित निकाल्यो । यी दुबै टीम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । सेमिफाइनल पुग्नेमा नेक्सस रुपन्देही–११ पनि छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित खेलमा ६ विकेटको नोक्सानीमा १ सय ३७ रन बनायो । उसका लागि अली हुसेनले ५९ बलमा ७ चौकाको मद्दतमा ५८ रनको इनिङ खेले । यस्तै, ऋषभ जोशीले अविजित १६, इमरान नाजिरले १४, वष्मन सफीले १२ र रमिस्नले १० रन जोडे । बलिङमा श्रीलंका राज्य सेवाका समन कुमारा र तुसारा लक्ष्मीपागले २–२ तथा ननी वासुपाली र इन्दुमल प्रसादले १–१ विकेट लिए ।

    १ सय ३८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको श्रीलंका राज्य सेवा १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो र प्रतियोगिताबाट बाहिरियो । उसलाई सस्तैमा रोक्न बलिङमा पाकिस्तानको जावेद गोहारका समोनले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट हात पारे । यस्तै, ऋषभ जोशी र रामिसले २–२ तथा जेम खान र अली अन्सारीले १–१ विकेट लिन सफल भए । श्रीलंका राज्य सेवाका समन कुमाराले ३९ र तुसारा लक्ष्मीपागले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम सेमिफाइनल पुग्नबाट चुक्यो ।

    दोस्रो खेलमा सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लाइफ केयरले ४ विकेटको नोक्सानीमा १ सय ८९ रनको बलियो योगफल बनायो । उसका लागि जस्मित नैन र विपुलले अर्धशतक प्रहार गरे । जस्मितले अविजित ७२ र विपुलले ७१ रन जोडे । यस्तै, दीपक पुनियाले २० र शुभमले नटआउट १० रनको योगदान गरे । बलिङमा साइक्यूका मोहम्मद ओमरले २ तथा कृष्ण कुमार र राकिव अहम्मदले १–१ विकेट लिए ।

    १ सय ९० रनको लक्ष्य पछ्याएको साइक्यूले ९ विकेटको क्षतिमा १ सय २६ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि सहदाज रहमानले २७, कृष्ण कुमारले १८ र आषिश पजाहकले १४ रन बनाए । बलिङमा लाइफ केयरका दीपक पुनिया, योगेश कुमार र रोहित डङ्गवालले २–२ विकेट लिए । खेलमा जस्मित नैन म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

    नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट भैरहवा सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.