


दाङ,२० कार्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन्। लुम्बिनी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन जान लागेको छ ।त्यहाँ समन्वय र विकासको बिषयमा छलफल गर्न कार्तिक २६, २७ र २८ गते अन्तराष्ट्रिय सम्मेलन हुँदैछ ।

भ्रमण टोलीमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ समेत छन् । भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास प्रदेश सरकारले विश्वास लिएको छ। भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षिय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता प्रदेश सरकारले जनाएको छ ।
कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त विच सहयोग आदानप्रदान गर्ने समझदारीका साथ ०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त बीच भगेनी सम्बन्ध कायम भएको थियो ।

