Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवमा थारु कल्याणकारिणी सभाको राष्ट्रिय महाधिवेशन हुँदै
    राजनीति

    भैरहवमा थारु कल्याणकारिणी सभाको राष्ट्रिय महाधिवेशन हुँदै

    टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ कार्तिक ३०, शुक्रबार १७:०९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३० कार्तिक । थारु समुदायहरुको राष्ट्रिय साझा संस्था थारु कल्याणकारिणी सभाको २३ औँ राष्ट्रिय महाधिवेशन भैरहवामा हुने भएको छ । सभाले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर १ देखि ३ गतेसम्म भैरहवास्थित पटवा बैंक्वेटमा महाधिवेशन हुने जनाएको छ ।

    ‘थारुहरुको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ शनिबार (भोली) देखि सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको सभाका कार्यवाहक अध्यक्ष देवीप्रसाद चौधरीले बताए । कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने बताइएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    महाधिवेशनमा थरुहट तराईको पश्चिम जिल्ला कञ्चनपुरदेखि पूर्व झापा, कास्की, काठमाडौं, उपत्यकासहित २६ जिल्ला र प्रवास (विदेश) शाखा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, कतार, मलेसिया , भातृ संस्था थारु कानून व्यवसायी सभा, महिला सभा, युवा सभा र विद्यार्थी सभा गरी ४ संस्थाबाट करिब ३ सय जना केन्द्रीय प्रतिनिधि/पार्षद्हरुको सहभागीता रहने सभाले जनाएको छ ।

    महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै विद्यान संशोधन, कार्यप्रगति प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसहित आगामी भावी नीति तथा कार्यक्रमहरु तय गरी पारित गर्ने सभाका कार्यवाहक अध्यक्ष चौधरीले बताए । लुम्बिनी प्रदेश सभाका सदस्य समेत रहेका उनले सरकारले टीकापुर घटनाको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

    ‘सरकारले ट्रंक तथा डेटिकेटेड लाइन विवाद सम्बन्धि जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्छ’,उनले प्रश्न गर्दै भने,‘तर, टीकापुर घटनाको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन । किन सार्वजनिक गर्दैन? त्यसमा के छ त्यस्तो ? सरकारले प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ।’

    सभाका सह–महामन्त्री मिनराज चौधरीले संविधानका ४२ धारा आफुहरु असहमती रहेको भन्दै सरकारलाई खबरदारी गर्नका लागि पनि महाधिवेशनको लक्ष्य रहेको बताए । उनका अनुसार महाधिवेशनको कार्यक्रम अन्तर्गत मंसिर १ गते शनिबार बिहान ९ बजे बुद्धचोकबाट पटवा बैंक्वेटसम्म झाँकी र्‍याली प्रदर्शन गरिने र दिउँसो १ बजे उद्घाटन हुनेछ ।

    सभाका केन्द्रीय उपाध्यक्ष विष्णु चौधरीले थारुको हकअधिकारका लागि आवाज उठाउँदै आएको बताइन् । सभाले महाधिवेशन पश्चात सिद्धार्थनगर रुपन्देही घोषणा पत्र समेत जारी गर्ने जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    थारु कल्याणकारिणी सभा थारु समुदाय भैरहवा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.