


भैरहवा, ६ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार (भोली) लुम्बिनी आउने भएका छन्। शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागिएको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी आउने भएका हुन् ।
लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको पूर्वराजा शाहका संवाद सचिव डा.फणीराज पाठकले जानकारी दिए।

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा पाँच दिने पूजा सुरु भएको छ। मंसिर ४ गतेदेखि सुरु भएको पूजा ८ गते सकिने बताईएको छ।
कमेन्ट गर्नुस्

