
बुटवल,९ मंसिर । लुम्बिनी प्रदेश सरकारले विशिष्टीकृत सहकारी संस्थाहरुलाई स्थानीय उत्पादनमा जोड्नेगरी परिचालन गर्ने भएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा लुम्बिनी विशिष्टीकृत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुग्ध तथा प्रशोधन उद्योगको अवलोकन गर्दै स्थानीय उत्पादन बढाउन विशिष्टीकृत सहकारी संस्थालाई परिचालन गर्नेगरी सरकारले योजना बनाउने बताएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘स्थानीय उत्पादन नबढ्दा सम्म अर्थतन्त्र पनि बलियो हुन सक्दैन । आत्मनिर्भरताकालागि स्थानीय उत्पादन बढाउन जरुरी छ । यो काममा विशिष्टीकृत सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहन्छ’उनले भने,‘दुध, मासु, खाद्यन्न लगायत स्थानीय उत्पादन बढाउन सहकारीलाई परिचालित गर्न जरुरी छ । आयातलाई घटाउदै निर्यात बढाउने खालका उत्पादनमा लगानी बढाउन जरुरी छ ।’
विशिष्टीकृत सहकारी संस्थाले सञ्चालन गर्ने उद्यम तथा उद्योगको विकासको लागि प्रदेश सरकारले ऋण तथा उत्पादन प्रोत्साहन अनुदानकोलागि नीतिगत व्यवस्था गर्ने उनले बताए।
तिलोत्तमामा १४ करोडको लगानीमा उद्योग स्थापना भएको छ । यो उद्योगमा तीन लाख बढी किसान प्रत्यक्ष जोडिएका लुम्बिनी विशिष्टीकृत सहकारी संस्थाका कार्यवाहक अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिइन्।
हालै स्थापना भएको तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीमा स्वचालित प्रविधि जडित डेरी दुग्धजन्य पदार्थ उत्पादन सुरु गरेको छ ।

