


बुटवल, ७ साउन । रुपन्देही प्रहरीले रिभल्वर पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका-९ का २६ वर्षीय रेशम तुङसिङ मगर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, विशेष सूचनाका अधारमा उनलाई बुटवल उप महानगरपालिका-९ स्थित नयाँ बसपार्क क्षेत्रबाट एक थान गोलीसहित पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा एक थान रिभल्वर र थप पाँच थान गोली उनको स्थायी वतनबाट बरामद भएको उनले बताए ।

पक्राउ परेका मगरविरुद्ध हातहतियार खरखजना मुद्दामा अदालतबाट म्याद लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

