


काठमाडौं,९ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे चासो लिएका छन् । उनले आइतबार संचालन रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग ब्रिफिङ लिन लागेका हुन् ।
राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालमा सडक, सिँचाइ, जलविद्यूत, सुरुङमार्गहरु लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रुपमा संचालनमा छन् ।
यसैबीच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दै छ । बालुवाटार स्थित पुरानो सचिवालयमा बस्ने उक्त बैठकमा पनि प्रधानमन्त्री ओली सहभागिता हुने उनको सचिवालयले जनाएको छ ।

