Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स–११ ‘ए’ डिभिजनमा प्रवेश
    खेलकुद

    रुपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स–११ ‘ए’ डिभिजनमा प्रवेश

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर ११, मंगलवार १७:०७ गते
    रुपन्देहीको भैरहवामा जारी सुपरलिग क्रिकेट प्रतियोगिता । फाइल तस्वीर ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा,११ मंसिर। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ किक्रेट रंगशालामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा प्रोफेसनल मास्टर्स–११ ले जित हात पारेको छ ।

    मंगलबार डिभिजन ‘बी’ अन्तर्गतको खेलमा देवदह क्रिकेट युनिटमाथि प्रोफेसनलले ७६ रनको सहज जित हात पारेको हो । जितसँगै प्रोफेसनल मास्टर्स ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । अब उसले ‘ए’ डिभिजनका खेलहरुमा प्रतिस्पर्धा गर्नेछ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    टस जितेर ब्याटिङ गरेको प्रोफेसनल मास्टर्सले निर्धारित ५० ओभरमा ४२ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७२ रनको बलियो योगफल बनायो । उसका लागि इमरान खानले ७७ र मोहम्मद हुसेनले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, अजय रसाइलीले १० रन जोडे । बलिङमा देवदहका रोशन गौतमले ३, सुरज खड्का र अर्जुन रायमाझीले २–२ तथा दीपेन्द्र मल्लाहले १ विकेट लिन सफल भए ।

    जवाफी ब्याटिङ गरेको देवदह ३० ओभर ५ बलमा ९६ रनमै अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनल मास्टर्सका मोहम्मद हुसेनले ६ ओभर ५ बलमा १ मेर्डनसहित २३ रन खर्चेर ४ विकेट लिए । यस्तै, ड्रस सुनारले ५ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए भने विष्णु कटरिया र कृष्ण पराजुलीले समान १–१ विकेट हात पारे ।

    देवदहका दीपक भण्डारीले २८, सुमन पाण्डेले १८ र कृतिमान ढकालले १५ रन बनाए पनि अन्य ब्याटर नचल्दा टिम पराजित हुन पुग्यो । खेलमा मोहम्मद हुसेन प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने छन् ।

    सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट देवदह क्रिकेट युनिट प्रोफेसनल मास्टर्स–११ भैरहवा रुपन्देही सुपरलिग क्रिकेट सिद्धार्थ किक्रेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.