
बुटवल, १३ मंसिर। लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा बिहीवार बुटवल सिटी क्याम्पसमा आयोजना भएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ ।
रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले रक्तदान गरेका थिए ।
Advertisement

Advertisement
Advertisement

विश्वविद्यालयले प्रत्येक वार्षिकोत्सवको अवसरमा मंसिर १३ गते रक्तदान कार्यक्रम गर्दै आएको छ।विश्वविद्यालयले २० औ वार्षिकोत्सव तथा तेस्रो विशेष दीक्षान्त समारोह मंसिर १४ गते लुम्बिनीमा गर्दैछ ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लुम्बिनीको अन्तराष्ट्रिय ध्यान केन्द्रमा हुने दीक्षान्तमा एक मानार्थ विद्यावारिधि, ५ विद्यावारिधिसहित २८९ विद्यार्थी दीक्षित हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका सूचना अधिकारी चुरामणि पोखरेलले जानकारी दिए।
शिक्षामन्त्री एवं सहकुलपति विद्या भट्टराईसहितका अतिथितहरु लुम्बिनी आइसकेका छन् भने प्रधानमन्त्री ओली शुक्रबार बिहान आउने कार्यक्रम रहेको छ ।कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु प्रसाद पौडेल पनि सहभागि हुने बताईएको छ ।

