Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीका मुख्यमन्त्री भन्छन्- नागरिकको जीवनस्तर सुधार गर्न बिशेष कार्यक्रम लागु
    फोकस लुम्बिनी

    लुम्बिनीका मुख्यमन्त्री भन्छन्- नागरिकको जीवनस्तर सुधार गर्न बिशेष कार्यक्रम लागु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर २०, बिहीबार १६:०२ गते
    advertisement
    advertisement
    advertisement

    देउखुरी, २० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रीय पोषण विषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रमलाई बिहीबार दाङको भालुबाङमा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै विशेष कार्यक्रम लागु गरिएको बताए । ‘प्रदेशमा कुपोषण एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । पोषणको अवस्थामा सुधार ल्याउन विशेष कार्यक्रम लागू गरेका छौं’उनले भने,‘मातृ शिशु मृत्युदरलाई घटाउछौं । पोषणको अवस्थालाई सुधार गर्छौं । बाल मृत्युदर घटाउछौं । सरकारले यी क्षेत्रमा उपलब्धी हासिल गर्ने गरी कार्यक्रम अघि सारेको छ ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागू गरेको छ । मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्त अल्पता जस्ता स्वास्थ्य समस्या निराकरण गर्ने गरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष कार्यक्रम लागू गरेको हो । यी कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

    तथ्यांकगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्ने गरी विशेष कार्यक्रम लागू गरिएको सरकारले जनाएको छ । ‘तथ्यांक हेर्दा हाम्रा सूचकहरु कमजोर छन् । यी कमजोर सूचकहरुलाई माथि उठाउने गरी लक्षित गरेर कार्यक्रम केन्द्रित गरिएको छ । अबको तीन वर्षमा यी सूचकहरुमा सुधार आउनैपर्छ’मुख्यमन्त्री आचार्यले भने,‘परम्परागत मुल्यमान्यतालाई पनि सुधार गर्दै सामाजिक जागरण र सशक्तिकरणको अभियान चलाउन जरुरी छ ।’

    विभिन्न बहानामा अझैं पनि बालबिवाह हुने गरेको, जसले गर्दा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्या देखा परेको भन्दै उनले सबै पक्ष गम्भिर हुनुपर्ने बेला आएको बताए ।

    ‘बालविवाह नगर्ने, गरेको खण्डमा कानूनी कारवाही हुनेसम्मको व्यवस्था छ । तर, अझै यो समस्या समाधान हुन सकेको छैन’उनले भने,‘बनेका कानूनको कार्यान्वयन गर्दै सामाजिक जागरण र सचेतना अभिवृद्धिको कार्यक्रम व्यापक बनाउन जरुरी छ ।’

    स्वास्थ्य क्षेत्र सुधार गर्न साझा प्रयास र प्रयत्नको खाँचो पर्ने उनको भनाइ छ । दातृ निकायसँग साझेदारी गरेर कार्यक्रम अघि बढाउनुपर्ने भन्दै त्यसका लागि लगानी केन्द्रित गर्न उनले आह्वान समेत गरे ।

    प्रदेशका १२ जिल्लालाई आधार मानेर स्वास्थ्य मन्त्रालयमार्फत कार्यक्रम कार्यान्वयनमा लगिएको छ । आरआरएनको आयोजनामा रोल्पाको रुन्टीगढी र त्रिवेणी गाउँपालिका पोषण सुधार परियोजना लागु भएको थियो । जुन परियोजनाले हासिल गरेको अनुभव तथा सिकाई आदानप्रदान गरिएको छ ।

    कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारका लागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गीता नेपालीले ११ बुदे ज्ञापनपत्र समेत बुझाएकी थिइन् । प्रदेशस्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुर्नस्थापना कार्यक्रम लागू गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    चेतनारायण आचार्य लुम्बिनी प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    २०८३ कार्तिक १३, बिहीबार १२:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.