Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » स्व.शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट सुरु, उद्घाटन खेलमा न्यू मुन विजयी
    खेलकुद

    स्व.शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट सुरु, उद्घाटन खेलमा न्यू मुन विजयी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर २१, शुक्रबार १५:५५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २१ मंसिर । रुपन्देहीको भैरहवामा ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । शुक्रबारको उद्घाटन खेलमा न्यू मुन एकेडेमीले सीबी पब्लिक हाई स्कूललाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

    भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गरेको सीबी पब्लिकले निर्धारित २० ओभरको खेलमा १० ओभर ४ बलमा सबै विकेट गुमाउँदै ४१ रनको झिनो योगफल बनायो । उसका लागि कृष्ण यादवले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसका ५ खेलाडी शून्य रनमै आउट भए । सीबी पब्लिकलाई सस्तैमा रोक्न न्यू मुनका राजु नायक र शिव गुप्ताले ३–३ तथा आषिश यादव र विश्वास थापाले २–२ विकेट हात पारे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जवाफी ब्याटिङ गरेको न्यू मुनले ६ ओभर २ बलमा ३ विकेटको नोक्सानीमा ४२ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा मिलन पौडेलले १३, चिरन्जीवी भण्डारीले ७ र आषिश यादवले ५ रन बनाए । बलिङमा सीबी पब्लिकका आयन आलमले २ र यासिर आलमले १ विकेट लिए । खेलमा राजु नायक प्लेयर अफ द म्याच भई ५ सय रुपैयाँ प्राप्त गरे ।

    आफ्नो स्वर्गीय हजुरबुवा शेरबहादुर सेन्चुरीको स्मृतिमा पर्वत ज्वेलर्सका संचालक बिमल सेन्चुरीले विगत लामो समयदेखि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन् । प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् । प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए ।

    प्रतियोगिताको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले यस्ता खेलले योग्य र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने बताइन् । संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्री, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव एवं संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले स्कूलस्तरको प्रतियोगिताले नै भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट भैरहवा रुपन्देही क्रिकेट संघ सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.