


भैरहवा, २४ मंसिर । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण (युसीएमएस) अस्पतालले विश्व रेडियोग्राफी दिवसको अवसरमा ‘रेडियो क्विज’ (हाजिरीजवाफ प्रतियोगिता) २०२४ गरेको छ ।
अस्पतालको ‘रेडियो डायग्नोसिस तथा मेडिकल इमेजिङ्ग विभाग’को आयोजनामा भएको रेडियो क्विजमा अन्तर्राष्ट्रिय रुपमा रेडियोलोजी अन्तर्गत विकास भएका प्रविधि सम्बन्धमा छलफल, सिकाइ, बढी भन्दा बढी बिरामी मैत्री र रोगको निदान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीकृत रहेको थियो ।

चिक्तिसकहरुको समूहलाई विभाजन गरी प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा डा.स्वेता गुप्ता, डा. सम्रक्ष लम्साल, डा. सम्झना मेहता, हिमेश्वरी लता चौधरी, मोहनन्द मेहता, राजकुमार ठाकुर र नारायणी अधिकारीको समूह ‘ग’ प्रथम भएको छ।
त्यस्तै डा.दृष्टि लामिछाने, डा.अग्नी वाइवा, डा.महा मुन्नर, विविका कंडेल, विनिशा अधिकारी, मुना खत्री कार्की, नारायण कुमार चौधरी र राजाबाबु शाहको समूह ‘क’ द्वितीय भएको छ भने डा.नारायण बोहरा, डा.ममता अवस्थी, डा.पुजन बाटाजु, नम्रता चौधरी, गम्भिरलाल यादव, रोहित रोय र शिक्षा पोखरेलको समूह ‘ख’ तृतीय भएको छ।

युसीएमएस रेडियोलोजी विभागका प्रमुख तथा मेडिकल सुपरीटेण्डेण्ट प्रा.डा.सदन मुखीको सभापतित्व तथा दर्शना ढकालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रा.डा.सन्तोष शाह, उप–प्राध्यापक डा.राजकुमार के.सी., उप–प्रा.डा.दिपान्जली शर्मा, डा.सन्तोष मिश्रा लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको अनुगमन सह–प्रा.डा.सन्जु रावल, डा.वर्दान ओली, डा.कृष्ण थापाले गरेका थिए ।
विजेता समूहलाई मेडल तथा ट्रफी हस्तान्तरण गरिएको र कार्यक्रमको संयोजन कृष्ण प्रसाद पोखरेलले गरेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालले जनाएको छ ।


