Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सामूहिक विद्यालयको बुधवारदेखि खेलुकद महोत्सव
    खेलकुद

    सामूहिक विद्यालयको बुधवारदेखि खेलुकद महोत्सव

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर २५, मंगलवार १७:५० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २५ मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ सुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ भोलि (बुधबार) देखि भैरहवाको पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा खेलकुद महोत्सव सुरु हुने भएको हो । परिवारको यो खेलकुद महोत्सव २३ औं संस्करण हो ।

    सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष बसन्त पाण्डेले विद्यार्थीहरुको शारिरीक र मानसिक विकासका लागि तथा उत्कृष्ट विद्यार्थीलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउनका लागि यो खेलकुद महोत्सव आयोजना गरिएको बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार महोत्सवमा १ हजार ३ सय विद्यार्थी सहभागी हुनेछन् । ३० जना कर्मचारीको रुपमा परिचालन गरिएको छ । विद्यार्थी, अभिभावक र अन्य समेत गरि करिव १४ हजार दर्शकले खेलको अवलोकन गर्नेछन् । खेलमा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई कक्षागत रुपमा तीन समूहमा बिभाजन गरिएको छ । जसमध्ये कक्षा १ देखि ३ सम्मलाई सवजुनियर, कक्षा ४ देखि ६ सम्मलाई जुनियर र ७ देखि १० सम्मलाई सिनियर तह छन् ।

    यसैगरि उचाइको आधारमा सवजुनियर तहमा ४ दशमलव ६ फिटसम्म, जुनियर तहसम्म ५ दशमलव ३ फिट र सिनियर तहमा १८ बर्ष उमेर नपुगेको बिद्यार्थी खेलमा सहभागी हुन पाउने छन् । खेलकुद महोत्सवमा भलिबल र विभिन्न एथलेटिक्स खेल समावेश छन् । जसमा ५० मिटरदेखि ८ सय मिटरसम्मको दौड प्रतियोगिता पनि छन् ।

    सर्टफुट, लङजम्प, रिले दौड प्रतियोगिता पनि समावेश छन् । खेलका सवै बिधामा छात्र र छात्रा दुवै टिमबाट प्रतिष्पर्धा गर्ने छन् । प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा सामूहिक बिद्यालय परिवारका संस्थापक सदस्य बिष्णु पन्थीले सिद्धार्थनगर नगरपालिकाले बिद्यार्थीलाई लक्षित गरेर खेलकुदका कार्यक्रम ल्याउन नसकेको बताए ।

    सामूहिक बिद्यालय परिवारका पूर्वअध्यक्ष उदयकुमार मल्लिकले बिद्यार्थीलाई विभिन्न बिधाका खेलकुद संचालनका लागि खेल मैदानको अभाव झेल्नु परेको गुनासो गरे । सिद्धार्थनगर, ओमसतिया, मायादेवी, तिलोत्तमा र रोहिणीमा रहेका २० वटा विद्यालयका विद्यार्थीहरु खेलकुद महोत्सवमा सहभागी हुँदैछन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    खेलकुद महोत्सव सामूहिक विद्यालय परिवार
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.