
भैरहवा, २५ मंसिर । भैरहवाको पक्लिहवास्थित पक्लिहवा कृषि क्याम्पसमा ‘युवा रेडक्रस सर्कल’ को साधरणसभा तथा अधिवेश सम्पन्न भएको छ । सर्कलको साधरणसभा तथा अधिवेशनबाट सूचना थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा रणसिंह सुवेदी, सचिवमा भुवन ओढ, सह-सचिवमा कस्मिला राना, कोषाध्यक्षमा दिपक कुमार कान्दु, सह–कोषाध्यक्षमा सुदिप कुमार चौधरी र सदस्यहरुमा अस्मिता के.सी., शान्ति बोगटी, रामचन्द्र पन्त, तृप्ती भण्डारी र अपेक्षा प्रधान रहेका भएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘युवा रेडक्रस सर्कल’ पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष नरेश उपाध्यायको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख आतिथ्यता नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी गुरुङ्गले मानविय कार्यमा रेडक्रस तथा युवा रेडक्रसको भुमिका, प्राथमिक उपचार, तालिम, व्यक्तित्व विकास, विपद् व्यवस्थापन, रगत संकलन कार्यमा रेडक्रसले खेलेको भुमिकाको बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख डा.रामभजन मण्डल, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्ग, बेलहिया उपशाखाका निवर्तमान अध्यक्ष सुमन शर्मा, बेलहिया उपशाखाका पुर्वअध्यक्ष देवराज न्यौपाने, कोषाध्यक्ष पंकज उदास लगायतले युवा रेडक्रस पक्लिहवा कृषि क्याम्पसमा मात्र सिमित नरहेर समुदायको समग्र विकासमा सक्रिय रुपमा लाग्नुपर्ने भनाई राखेका थिए ।

