Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा टी–२० क्रिकेटः जेसिस र युनिक विजयी
    खेलकुद

    भैरहवामा टी–२० क्रिकेटः जेसिस र युनिक विजयी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर २६, बुधबार १८:१४ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २६ मंसिर । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र युनिक होम्स इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् ।

    बुधबार भएका दुई खेलमा जेसिसले होराइजन जीबीएसलाई १ विकेट र युनिक होम्सले कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूललाई ५ विकेटले पराजित गर्दै जीत हात पारेका हुन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय १६ रन बनायो । उसका लागि चन्दनकुमार राजपुतले ४५ र विप्लब केसीले २५ रन बनाए । बलिङमा जेसिसका गौतम यादवले २ तथा अमित यादव, शिशिर घिमिरे र अफजल हुसेनले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको जेसिसले १८ ओभर ५ बलमा ९ विकेट गुमाएर १ सय १७ रन बनाउँदै जित निकाल्यो । उसको जीतमा अमोग बश्यालले २४ र अफजल हुसेनले अविजित २१ रनको योगदान दिए । बलिङमा होराइजन जीबीएसका कुशल पौडेलले ३ तथा ग्रवित पन्थ र विप्लब केसीले समान २–२ विकेट लिए । खेलमा अफजल हुसेन प्लेयर अफ द म्याच भई ५ सय रुपैयाँ प्राप्त गरे ।

    अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कुँवरवर्तीले ४ विकेटको नोक्सानीमा १ सय १० रन बनायो । उसका लागि अपजस सेनले ४३, अन्जित क्षेत्रीले अविजित २५ र आरभ गिरीले १७ रन जोडे । बलिङमा युनिक होम्सका रुद्र यादव, अरुण सिंह र साहजद पठानले १–१ विकेट लिए ।

    १ सय ११ रनको लक्ष्यसहित ब्याटिङ गरेको युनिक होम्सले १२ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्दै सहजै जीत हात पार्यो । उसका लागि साहजद पठानले अविजित २७, अरुण सिंहले नटआउट २२ र आदित्य रौनियारले २० रनको योगदान गरे । बलिङमा कुँवरवर्तीका आरभ गिरीले २ तथा दिप्सन पौडेलले १ विकेट लिए । खेलमा अरुण सिंह प्लेयर अफ द म्याच भई ५ सय रुपैयाँ हात पारे ।

    रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ वटा टीम सहभागी छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट भैरहवा सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.