
भैरहवा २७ मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा संचालन भएको ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ को दोस्रो दिन पनि एथलेटिक्स र भलिबलहरु जारी छन् । ‘स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ बुधवार देखि पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा सुरु भएको खेलकुद महोत्सव २३ औं संस्करण हो ।
महोत्सवको दोस्रो दिन सब जुनियरतर्फ १०० मिटर दौड, रिले हिट्स, लङजम, जुनियरतर्फ १००, २००, ४०० मिटर दौड, लङजम्प र सिनियरतर्फ १००, २०० मिटर दौड, लङजम्प तथा भलिबल खेलहरु भएको आयोजकले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

एथलेटिक्स तर्फका खेलहरु पक्लिहवा कृषि क्याम्पसको मैदानमा र भलिबल खेल पक्लिहवा माविको मैदानमा भएको छ। विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा भएको प्रतिभालाई प्रस्फुटन गराउका लागि खेलकुद महोत्सव आयोजना गरिएको सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष वसन्त पाण्डेले बताए ।
उनका अनुसार सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीहरुमा भएको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न र शिक्षाका साथै खेलकुद तथा सामाजिक क्रियाकलापमा पनि उत्तरदायित्व बहन गर्दै ०५९ साल देखि नै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

कक्षा १ देखि ३ सम्मको सब जुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७ देखि ६ सम्मको सिनियर गरी तीन तहमा विभाजन गरी प्रतियोगिता अन्र्तगतका खेलहरु भइरहेका छन् ।
मङ्सिर २६ देखि २९ मंसिरसम्म हुने चार दिने खेल महोत्सवमा पचास मिटरदेखि आठ सय मिटरसम्मका दौड, भलिबल ,सय गुणे चार रिले दौड, लङजम्प, र सटपुट खेलहरु भइरहेको आयोजकले जानकारी दिएका छन ।
सामूहिक विद्यालय परिवार रुपन्देहीले आयोजना गरेको खेलमा करिब १५ सय विद्यार्थीहरु सहभागी थिए। सिद्धार्थनगर, ओमसतिया, मायादेवी, तिलोत्तमा र रोहिणीमा रहेका २० वटा विद्यालयका विद्यार्थीहरु खेलकुद महोत्सवमा सहभागी छन् ।

