


काठमाडौं, ३० जेठ। बैंकिङ कसुर मुद्दामा प्रहरीले सेफ सन्तोष साहलाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काका अनुसार, बैंकिङ कसुरको आरोपमा शुक्रबार राति जनकपुरबाट साहलाई पक्राउ गरिएको हो।

जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं लगेको छ।
गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएको दावीसहित सकुन्तला अधिकारी (थापाले) सेफ साहविरुद्ध जाहेरी दिएकी थिइन्।
कमेन्ट गर्नुस्

