Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सामूहिक खेलकुद महोत्सव सकियो: कुन विद्यालयले कति पदक पाए ?
    खेलकुद

    सामूहिक खेलकुद महोत्सव सकियो: कुन विद्यालयले कति पदक पाए ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ मंसिर २९, शनिबार १७:३७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २९ मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीद्धारा आयोजित ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ सम्पन्न भएको छ । मंसिर २६ देखि २९ गते चार दिनसम्म आयोजित महोत्सव अन्र्तगत भलिबल र एथलेक्टिसका खेलहरु भएका थिए ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सामूहिक विद्यालय परिवारले आयोजना गरेको खेलकुद महोत्सवले विद्यार्थीहरुको सर्वाङ्गीण विकाससँगै मनोबल बढाउन समेत सहयोग पुग्ने बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भलिबल खेलको छात्र तर्फ सिबि पब्लिक हाई स्कूल प्रथम, न्यु इरा द्वितीय र लड बुद्ध तृतीय भएको छ भने सोही खेलको छात्रातर्फ मनकामना ईङ्गलिस हाई स्कूल प्रथम, सन्जिवनी द्वितीय र मिनर्वा ईङ्गलिस हाई स्कूल तृतीय भएको सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष बसन्त पाण्डेले बताए ।

    उनका अनुसार एथ्लेटिक्स तर्फ विभिन्न विधाका खेलमा ६ स्वर्ण, २ रजत, ६ कास्य पदक प्राप्त गरी मनकामना ईङ्गलिस हाई स्कूल प्रथम भएको छ । त्यस्तै ५ स्वर्ण, २ रजत पदक प्राप्त गरी मिनर्वा ईङ्गलिस हाई स्कूल द्वितीय र ५ स्वर्ण, ३ कास्य पदक प्राप्त गरी स्पाङगल ईङ्गलिस स्कूल तृतीय भएको छ । प्रतियोगितामा विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

    अध्यक्ष पाण्डेले २३ वर्षदेखि हुँदै आएको यो खेलकुद महोत्सवले थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको दावी गरे । खेल मैदानको अभावका कारण चुनौतीहरु झेल्नु परिरहेको भन्दै स्थायी रुपमा खेलमैदान भए खेलकुद महोत्सवलाई थप व्यवस्थित गराएर लैजान सकिने उनको भनाई छ ।

    स्वास्थ्यका लागि खेलकुद जीवनका लागि खेलकुद भन्ने मूल नाराका साथ विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य साथ आयोजना गरिएको महोत्सवको उद्देश्य पुरा भएको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार चारदिन सम्म भएको महोत्सवमा भलिबल र एथलेटिक्स अन्र्तगत पचास मिटरदेखि आठ सय मिटरसम्मका दौड, भलिबल ,सय गुणे चार रिले दौड, लङजम्प, र सटपुट खेलहरु भएका थिए।

    एथलेटिक्स तर्फका खेल पक्लिहवा कृषि क्याम्पसमा र भलिबल खेल पक्लिहवा माविमा भएको थियो। सामूहिक विद्यालय परिवार रुपन्देहीमा सिद्धार्थनगर, ओमसतिया, मायादेवी, तिलोत्तमा र रोहिणीमा रहेका २० वटा विद्यालयका विद्यार्थीहरु खेलकुद महोत्सवमा सहभागीता जनाएका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सामूहिक खेलकुद महोत्सव सामूहिक विद्यालय परिवार
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.