
काठमाडौं, ३० मंसिर । राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली जडान भएकोले सोमबार (भोली) देखि रात्रिकालीन उडान सुरु हुनेछ ।
इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ प्रणाली सहायताले कम भिजिबिलिटी भएको अवस्थामा पनि उडान गर्न मिल्छ । प्रणाली जडान भएपछि बुद्ध एयरले शुक्रबार प्राधिकरण र विमानका प्राविधिकहरुसहित परिक्षण उडान गरेको थियो ।
Advertisement

Advertisement
Advertisement

उक्त उडान सफल भएपछि राजविराज विमानस्थलमा दुई हजार भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सकिनेछ । यसअघि, उक्त विमानस्थलमा पाँच हजार मिटरको भिजिबिलिटी हुँदा मात्रै उडान अवतरण हुने गरेको थियो ।

