Close Menu
    What's Hot

    चक्रवातबाट लुम्बिनीका कुन–कुन जिल्ला बढी प्रभावित हुने पूर्वानुमान ?

    २०८३ कार्तिक १२, बुधबार १२:२४ गते

    सिद्धार्थनगर नगरपालिकाले भन्यो–सडकमा कृषि उपज नसुकाउनू, छवाली नजलाउनू

    २०८३ कार्तिक १२, बुधबार १२:१३ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    फोकस लुम्बिनी

    चक्रवातबाट लुम्बिनीका कुन–कुन जिल्ला बढी प्रभावित हुने पूर्वानुमान ?

    क्लिक लुम्बिनी२०८३ कार्तिक १२, बुधबार १२:२४ गते0
    विशेष

    सिद्धार्थनगर नगरपालिकाले भन्यो–सडकमा कृषि उपज नसुकाउनू, छवाली नजलाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १२, बुधबार १२:१३ गते0
    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ऐतिहासिक एनपीएलको उपाधि जनकपुर बोल्टसले उचाल्यो
    खेलकुद

    ऐतिहासिक एनपीएलको उपाधि जनकपुर बोल्टसले उचाल्यो

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष ६, शनिबार १५:५३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्टसले उचालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि उचालेको हो ।

    मधेस प्रदेशको प्रतिनिधित्व गर्दै लिगमा सहभागी भएको बोल्टसले सुदूरपश्चिमले दिएको १ सय ८५ रन लक्ष्यलाई पछ्याउँदै १९.२ ओभरमा पाँच विकेटले जित हात पारेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जनकपुरको जितका लागि खेलाडी लाहिरु मिलन्थाले ४९ बलमा सर्वाधिक ८७ रन बनाउन सफल भए । यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन्। उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाएका छन्। 

    जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ७१ रन बनाएको थियो। पहिलो विकेटका रूपमा कप्तान आसिफ शेखलाई गुमायो। आसिफले २४ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाउन सफल भए । उनी सैफ जैबको बलमा क्याच आउट भए।

    दोस्रो विकेट १० औं ओभरको अन्तिम बलमा मोहम्मद मोसिनको विकेट गयो। उनलाई इशान पाण्डेले बोल्ड आउट गरे। उनले ८ बलमा १ छक्कासहित ९ रन बनाए। 

    १२औं ओभरको पहिलो बलमा लाहिरु मिलान्थाले जीवन दान पाए। उनले दिपेन्द्र सिंह ऐरीको बलमा उनकै हातबाट क्याच मिस भएका हुन्। त्यतिबेला ६६ रनमा खेलिरहेका थिए।  उनको विकेट जनकपुरको तेस्रो विकेटका रूपमा स्कट केग्गेलिनबाट कट एण्ड बोल्ड भए। उनले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ६१ रनको साझेदारी बनाए। 

    जेम्स निसामले भने ७ बलमा ४ रन बनाउँदै दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भए। पाँचौं विकेट आकाश त्रिपाठी रन आउट भए। उनी २ रनमै रन आउट भए।हर्ष थाकर ३० रन र मयन यादव २ रनमा अविजित रहे। 

    सुदूरपश्चिमका लागि स्कट केग्गेलिन, सैफ जैब, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान १/१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरका लागि ओपनर सैफ जैबले ४३ बलमा ८ चौका र २ छक्काको मद्दतले सर्वाधिक ६९ रन बनाए।

    अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए। ब्रान्डन म्याकमुलेन र हर्मप्रित सिंहले समान १४-१४ रन बनाए। स्कट केग्गेलिनले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
     
    जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान ३/३ विकेट लिए। जेम्स निसम, ललित राजवंशीले समान १/१ विकेट लिए। जनकपुरले सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा ८ विकेटको हार व्यहोरेको थियो।

    जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ भने सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउन परेको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एनपीएल किक्रेट जनकपुर बोल्टस
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    चक्रवातबाट लुम्बिनीका कुन–कुन जिल्ला बढी प्रभावित हुने पूर्वानुमान ?

    २०८३ कार्तिक १२, बुधबार १२:२४ गते

    सिद्धार्थनगर नगरपालिकाले भन्यो–सडकमा कृषि उपज नसुकाउनू, छवाली नजलाउनू

    २०८३ कार्तिक १२, बुधबार १२:१३ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.