
भैरहवा, ९ पुस। रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ।
गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक तथा शारिरिक बिकासमा लक्षित गरेर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । पुष ९ गते देखि १२ गते सम्म सियारी गाउँपालिका-५ पब्लिक माध्यमिक बिद्यालयमा प्रतियोगिता संचालन हुनेछ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिए ।
प्रतियोगितामा सियारी गाउँपालिका भित्रका २५ सामुदायिक, ६ संस्थागत र २ मदरसा सहित ३३ बिद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता अन्तरगत बिभिन्न विधामा खेल हुने छन् भने साहित्यिक बिधामा पनि प्रतिस्पर्धा हुने जनाईएको छ ।
प्रतियोगितामा खेल बिधा तर्फ दौड, भलिवल, कवड्डी, लङजम्प, हाइजम्प, ज्याभलिन थ्रो, गणित दौड हुने छन् भने साहित्य बिधा तर्फ चित्रकला प्रतियोगिता, निवन्ध प्रतियोगिता, नेपाली र अंग्रेजी हस्त लेखन, अग्रेजी हिज्जे, वत्तृत्वकला, हाजिरीजवाफ लगाएतका कार्यक्रम हुने छन् ।

