
भैरहवा, १० पुस । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाउने बताएका छन् ।
रुपन्देहीको सियारी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको सियारी पर्यटन करिडोरको शिलन्यास तथा दयानगर दानव लिफ्ट सिचाई योजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको उल्लेख गरे । उनले कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्ने बताउँदै सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले कोरोना महामारी र त्यसपछि आर्थिक मन्दीका कारण प्रभावित भएको अर्थतन्त्रलाई उकास्न सरकारले रणनीतिक रुपमा काम गरिरहेको र सुधारका संकेत देखिन थालिसकेको बताए । पर्यटन करिडोर र लिफ्ट सिंचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे ।

