
भैरहवा, १० पुस । भैरहवामा जिल्लास्तरीय अन्तर कलेज टी–२० साई ग्लोबल कप–२०८१ हुने भएको छ। रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल कलेजको प्रायोजनमा पुस ११ गते बिहीबार देखि भैरहवाको सिद्धार्थ किक्रेट रंगशालामा प्रतियोगिता हुने भएको हो।
रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारीका अनुसार पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ वटा टीमको सहभागीता हुनेछ ।
Advertisement

Advertisement
Advertisement

नकआउट आधारमा हुने प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्कवापत ८ हजार रुपैयाँ तोकिएको संघका कार्यसमिति सदस्य तथा प्रतियोगिताका संयोजक उदय कुमार मल्लिकले बताए ।
प्रतियोगिताको विजेतालाई ५५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई २५ हजार ५ सय ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, प्लेयर अफ म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र, बेस्ट बलर र बेस्ट बलरलाई ५ हजारसहित ट्रफी र प्रमाणपत्र र अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने मल्लिकले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने उनको भनाइ छ ।
‘विगतमा साई ग्लोबल कलेजले आफै प्रतियोगिता सञ्चालन गर्दै आएको थियो, तर पछिल्लो ३ वर्षदेखि रुपन्देही क्रिकेट संघले यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ’, उनले भने ।
साई ग्लोबल माध्यमिक विद्यालयका कलेजका अध्यक्ष दिनेशमान अमात्यले साई ग्लोबल कपको उचाई र गरिमा बढेको बताए । उनले धेरै टीमको सहभागीताले पनि यो कुराको पुष्टि गर्ने बताए । यसवर्षदेखि प्रतियोगिता अन्तर्गत विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी (विद्यार्थीहरु) लाई साई ग्लोबलमा छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २५ प्रतिशत, बेस्ट बलरलाई बेस्ट ब्याटरलाई ५० प्रतिशत तथा म्यान अफ सिरिज र फाइनल विजयी टीमका कप्तानलाई १०० प्रतिशत छात्रवृत्तिको व्यवस्था रहेको छ । खेलाडीको मनोबल बढाउन यो व्यवस्था गरिएको उनले बताए ।
रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष तथा नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले खेलमार्फत प्रतिभाका पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले रुपन्देही क्रिकेटको हब भएको र साई ग्लोबलले क्रिकेट प्रतियोगितालाई निरन्तरता दिदै आएको बताए ।

