Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » साई ग्लोबल कप किक्रेट प्रतियोगिता हुँदै
    खेलकुद

    साई ग्लोबल कप किक्रेट प्रतियोगिता हुँदै

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष १०, बुधबार १८:४६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १० पुस । भैरहवामा जिल्लास्तरीय अन्तर कलेज टी–२० साई ग्लोबल कप–२०८१ हुने भएको छ। रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल कलेजको प्रायोजनमा पुस ११ गते बिहीबार देखि भैरहवाको सिद्धार्थ किक्रेट रंगशालामा प्रतियोगिता हुने भएको हो। 

    रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारीका अनुसार पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ वटा टीमको सहभागीता हुनेछ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नकआउट आधारमा हुने प्रतियोगितामा सहभागी हुन प्रवेश शुल्कवापत ८ हजार रुपैयाँ तोकिएको संघका कार्यसमिति सदस्य तथा प्रतियोगिताका संयोजक उदय कुमार मल्लिकले बताए ।

    प्रतियोगिताको विजेतालाई ५५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई २५ हजार ५ सय ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, प्लेयर अफ म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र, बेस्ट बलर र बेस्ट बलरलाई ५ हजारसहित ट्रफी र प्रमाणपत्र र अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने मल्लिकले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने उनको भनाइ छ । 

    ‘विगतमा साई ग्लोबल कलेजले आफै प्रतियोगिता सञ्चालन गर्दै आएको थियो, तर पछिल्लो ३ वर्षदेखि रुपन्देही क्रिकेट संघले यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ’, उनले भने ।

    साई ग्लोबल माध्यमिक विद्यालयका कलेजका अध्यक्ष दिनेशमान अमात्यले साई ग्लोबल कपको उचाई र गरिमा बढेको बताए । उनले धेरै टीमको सहभागीताले पनि यो कुराको पुष्टि गर्ने बताए । यसवर्षदेखि प्रतियोगिता अन्तर्गत विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी (विद्यार्थीहरु) लाई साई ग्लोबलमा छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिए । 

    उनका अनुसार प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २५ प्रतिशत, बेस्ट बलरलाई बेस्ट ब्याटरलाई ५० प्रतिशत तथा म्यान अफ सिरिज र फाइनल विजयी टीमका कप्तानलाई १०० प्रतिशत छात्रवृत्तिको व्यवस्था रहेको छ । खेलाडीको मनोबल बढाउन यो व्यवस्था गरिएको उनले बताए । 

    रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष तथा नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले खेलमार्फत प्रतिभाका पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले रुपन्देही क्रिकेटको हब भएको र साई ग्लोबलले क्रिकेट प्रतियोगितालाई निरन्तरता दिदै आएको बताए । 

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    किक्रेट साई ग्लोबल कप किक्रेट सिद्धार्थ किक्रेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.