
भैरहवा, १४ पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र गोरखाको गोरखा नगरपालिकाबीच अनुभव आदान प्रदान भएको छ।
गोरखा नगरपालिकाबाट आएको उपप्रमुख सहितको टोलीलाई आईतबार सिद्धार्थनगर नगरपालिकामा स्वागत गर्दै अनुभव आदान प्रदान एवं दुई पक्षिय हितका बिषयमा छलफल भएको छ। गोरखाबाट उपप्रमुख मसली माया थोकरको नेतृत्वमा ५ सदस्यीय टोली सिद्धार्थनगर नगरपालिकामा आएको थियो।
Advertisement

Advertisement
Advertisement

उक्त अवसरमा दुवै नगरपालिकाको पर्यटन विकास, ऐतिहासिक तथा धार्मिक महत्व, नगरपालिकाको समग्र विकास निमार्ण, सेवा प्रवाह लगायतका बिषयमा छलफल तथा अनुभव आदान प्रदान गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईश्तियाक अहमद खाँले जानकारी दिए । उनले दुवै नगरपालिका धार्मिक, भौगोलिक एवं ऐतिहासिक महत्वका रहेको उल्लेख गर्दै एक आपसमा सहयोग र सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
गोरखा नगरपालिकाको उपप्रमुख थोकरले दुवै नगरपालिकाले आ-आफ्नो ऐतिहासिक महत्व बोकेको र खास गरी पर्यटन क्षेत्रमा दुवै नगरपालिकाको सहकार्य बढी फलदायी हुन सक्ने बताईन् ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरले हरेक नगरपलिकाले गरेका सकारात्मक कामको अनुसरण गरेर अगाडी बढ्ने बताउँदै अनुभव आदान प्रदानलेनै भौतिक, सामजिक एवं मानवीय, बिकासका काम प्रभावकारी हुने बताईन् ।
सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगर लामो ईतिहास बोकेको नगरपालिका भएको उल्लेख गर्दै दुई नगरपालिकाले सहकार्य गर्न सक्ने थुप्रै बिषयहरु रहेको बताए।

